हाम्रो बारेमा

 

बारा जिल्लाको सदरमुकाम कलैया – ८ मा अवस्थित बर्षात एफ.एम. १०७.५ मेगाहर्ज २०७२ सालमा स्थापना भई सोहि सालको मिति २०७२ बैशाख ०१ मा १०७.५ मेगाहर्ज बाट बिधिवत रुपमा राष्ट्रलाई सम्मान गर्दै नेपालको नयाँ वर्षको दिन नै आफनो प्रसारण सुरु गरेको छ । मध्य तराई प्रदेश , पहाडी प्रदेश र भारतको बिहारका लाखौ श्रोताको घर घरमा पुग्न सफल भए सँगै इन्टरनेटका माध्यमले www.barsaatfm.com.np लग अन गरी बिश्वका जुनसुकै ठाउँबाट सुन्न सकिन्छ । यस क्षेत्रका हरेक वर्ग र समुदायको मन जित्दै आफूलाई यस भेगको सबैभन्दा सफल , लोकप्रिय र स्थापित रेडियो बनाउन सफल भएको छ । सफलताको यो शिखरसम्मको हाम्रो यात्रामा सधै साथ दिने , अभिभावकत्व प्रदान गर्ने , आर्थिक तथा सामाजिक रुपमा सहयोग गर्ने तथा बिभिन्न भूमिकामा सहकार्य गर्दै आउनु भएका व्यक्ति, संघ, संस्था प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । बारा जिल्लाको कलैया नगरपालिका वडा नं. ८ मा  स्थापित यो बर्षात एफ.एम. व्यवसायिक रेडियो भएता पनि सम्पूर्ण रुपले समाज र राष्ट्रप्रति समर्पित छ । संचारको युगमा धेरै संचारका माध्यमहरु स्थापित भए पनि नेपालको गौरव र मधेशको आवाज बर्षात एफ. एम . १०७.५ मेगाहर्जको मुख्य उदेश्य सत्य , न्याय , समाज र समानताका लागी अग्रसर हुनु हो । हामी हौँ नयाँ नेपालको नयाँ सन्देशवाहक । नयाँ नेपाल आज हरेक नेपालीको मनको साँझा उद्देश्य पनि हो । हामी यहि उद्देश्य पुरा गर्न बाटोमा सदैव अग्रसर रहने छौँ । नेपाली जनताको हित नै बर्षात एफ. एम. को प्रमुख उद्देश्य भएकोले यसले प्रत्येक व्यक्ति देखि लिएर समुदाय सम्मको आवाज लाई समेटेको छ । 
            बर्षात एफ. एम. ले समुदायको हित लाई सर्वोपरि ठानदै नेपाली , अंग्रेजी ,भोजपुरी , थारु , मैथिली , हिन्दी र उर्दु लगायतका भाषामा बिभिन्न सूचनामूलक , शिक्षामूलक , समाचारमूलक , ज्ञान बद्र्घक र स्वस्थ मनोरञ्जनात्मक कार्यक्रम संचालन गरिरहेको छ ।  हामी संचारको क्षेत्रमा आवाज विहिनहरुको आवाज बन्न प्रण गरेका छौँ । जनताको पक्षमा वकालत गर्न, समाजमा रहेका कमजोर बर्गको र दवाइएका अवाजलाई बुलन्द गर्न हामी सदैव अग्रसर रहनेछौँ । हामीलाई लाग्छ संचार माध्यमले असल सरकार , सांस्कृति र चेतनाका लागि गरेको प्रयाश देश र समाजको लागी सकारात्मक एवं रचनात्मक भूमिका हो । संचारको क्षेत्रमा हामी विलकुलै फरक सोच , नयाँ बिचार र परिवर्तनको समबाहक बन्न सक्छौ भन्ने उद्देश्यले पाईला चाल्दछौँ । बर्षात एफ.एम.ले अत्याधुनिक संचार प्रविधिद्धारा आफ्नो प्रसारण गरिरहेको छ । नेपालका मुख्य गरि तराई प्रदेश , पहाडी प्रदेश र भारतका बिहार राज्यका लाखौ श्रोताको मनको ढुक ढुकी बन्न  सफल भएको छ ।
 

 

अहिले तरंगमा

हिन्दी गीत

केहि छिनमा

बर्षात खबर

फोटो ग्यालरी

Barsaat Fm