समाचार

बर्षात एफ. एम. १०७.५ मेगाहर्ज को बार्षिक उत्सव को अवसर मा अनाथ आश्रममा खाधान्न सामाग्री बितरण

२०७४–०१–०२ 
 
बर्षात मिडिया प्रा. लि . कलैया – ८ बारा द्वारा संचालित बर्षात एफ. एम. १०७.५ मेगाहर्ज ले दोस्रो बर्ष सफलता पुर्वक पार गरि तेस्रो बर्ष मा प्रवेश गरेको छ । उक्त रेडियो मिति २०७२ बैशाख १ गते देखि आफ्नो प्रशारण आरम्भ गरि निरन्तर रुपमा सुचना , समाचार र मनोरंजन प्रदान गर्दै आइरहेको छ । बार्षिक उत्सव को अवसर मा आज अमृता अनाथ आश्रम कलैया मा केहि खाधान्न वस्तु , स्टेशनरी का सामाग्रीहरु , फलफुल तथा फुटबल बर्षात एफ. एम. ले बितरण गरेको छ ।
 
सो सामाग्री  बितरण कार्यक्रममा बर्षात एफ. एम. का संस्थापक राजेन्द्र प्रसाद ठाकुर , अध्यक्ष तथा प्रबन्ध निर्देशक आनन्द शर्मा , स्टेशन मेनेजर आरती ठाकुर , बजार व्यवस्थापक प्रमुख सन्तोष यादव , चलचित्र कर्मी संघ नेपाल का बारा जिल्ला अध्यक्ष अरुण कुशवाहा , उक्त आश्रमका संचालक लगायतकाको उपस्थिति रहेको थियो । बिज्ञापन दाता , सुभेक्छु बर्ग , श्रोताहरुको सहयोग ले गर्दा नै आज बर्षात एफ. एम. सफलता पुर्वक दोस्रो बर्ष मा प्रवेश गरेको छ भन्दै आनन्द शर्मा ले आफ्नो मन्तब्य राखेका थिए ।