समाचार

संघीय गठबन्धनमा आबद्ध दलको बैठक बस्दै

 वैशाख २  
 
आन्दोलनका थप कार्यक्रम तय गर्न संघीय गठबन्धनमा आबद्ध दलको बैठक शनिबार बस्दैछ । दिउँसो ३ बजे फोरम नेपालको कार्यालय तीनकुनेमा बस्ने बैठकमा आन्दोलनका थप कार्यक्रम तय हुने नेताहरुले जानकारी दिएका छन् । सरकारले संविधान संशोधनको नयाँ प्रस्ताव संसदमा दर्ता गरेपनि त्यसले आफूहरुका माग पूरा नभएको भन्दै गठबन्धनले थप आन्दोलनका कार्यक्रम तय गर्न लागेको हो ।