समाचार

दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति लगायतका दलले आजदेखि रिले अनसन सुरु गर्दै

वैशाख २ 
 
दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति लगायतका दलले सोमबारदेखि रत्नपार्कको शान्तिबाटिकामा रिले अनसन सुरु गर्दैछन् । विरोधसभा गरेर रिले अनशन सुरु गरिने नयाँ शक्तिका नेता परशुराम तामाङले जानकारी दिनुभयो । ८ गतेसम्म सञ्चालन हुने रिले अनशनको पहिलो दिन शनिबार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसहित ६८ दलका मुख्य नेता अनशनमा बस्नुहुनेछ । संसदमा प्रतिनिधित्व गर्ने दलले मात्र चुनावमा दलीय चिन्ह पाउनेगरि निर्वाचन ऐन बनेपछि अन्यायमा परेको भन्दै ६८ दलले विरोध गरिरहेका छन् ।