समाचार

उत्तर कोरियाको चेतावनी–परमाणु आक्रमणका लागि तयार

वैशाख २
 
उत्तर कोरियाले आफू परमाणु आक्रमणका लागि तयार रहेको चेतावनी दिएको छ । अमेरिकालाई कोरियाली प्रायद्विपमा उत्तेजना फैलाउने कार्य नर्गन आग्रह गर्दै उत्तर कोरियाले आफ्नो देश परमाणु आक्रमणका लागि तयार रहेको चेतावनी दिएको हो । उत्तर कोरियाका संस्थापक राष्ट्रपति किम लि–सुङको एक सय पाँचौं जन्मजयन्तीको अवसर पारेर यस्तो चेतावनी दिइएको हो । नेता कमि जोङ–उनले अर्को आणविक परीक्षणको निर्देशन दिन सक्ने पनि अनुमान गरिएको बिबिसीले जनाएको छ ।
 
शनिबार उत्तर कोरियाली सेनाले राजधानी प्योङयाङमा विशाल परेड पनि प्रदर्शन गरेको छ । आफूहरु कुनै पनि प्रकारको युद्धको प्रतिवाद त्यस्तै युद्धबाट गर्न तयार रहेको उत्तर कोरियाली सेनाका अधिकारी चोए योङ–हेएले बताउनुभयो । आफ्नो देश कुनै पनि प्रकारको परमाणु आक्रमणको प्रतिवाद त्यस्तै प्रकारको परमाणुबाट गर्न सक्ने अवस्थामा रहेको उहाँले दाबी गर्नुभएको छ ।
 
अमेरिकाले कोरियाली प्रयाद्विपमा नौसेनाको युद्ध तोप टुकडी स्थापना गरेपछि तनाव थप बढेको छ । यसअघि चीनले उत्तर कोरियामा कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको थियो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारका आणविक गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले आणविक तथा मिसाइल परीक्षण गर्ने क्रम भने रोकेको छैन ।