समाचार

प्रहरी उपरिक्षक उप्रेतीको बिदाई कार्यक्रम सम्पन्न

रमेश साह 
कलैया, १९ साउन
 
बारा का प्रहरी उपरिक्षक नरेन्द्र उप्रेतीको बिदाई कार्यक्रम कलैया को श्री.ने.रा.उच्च. मा. वि ( मदर्सा ) को सभाहलमा सम्पन्न भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र कलैया र नेपाल पुर्व प्रहरी संगठन बाराले कार्यक्रम को  आयोजना गरेको थियो ।  
 
यज्ञानन्द द्विवेदी ले उप्रेतीलाई मालार्पण , मायाको चिनो दिई र  दोसाला ओढाई सम्मान गरेर बिदाई गरेका थिए । बारा जिल्लामा बसी आफु आफ्नो तर्फ बाट सक्दो राम्रो काम गर्न चाहेको र गरेको उप्रेती ले बताए । आफु यहा बाट गएपछि बारा जिल्ला आफुलाई सधै याद आइ रहने छ भनेर उप्रेतीले भने र बारा जिल्लाको बिकास को लागि आफु सधै अग्रसर रहने र बारा वासी लाइ सधै सहयोग गर्ने छु भनेर नरेन्द्र उप्रेती ले कार्यक्रममा आफ्नो मन्तव्य राखे ।
 
नरेन्द्र उप्रेती जस्तो एस.पी. यस जिल्ला बाट सरुवा भएर गइराखेको मा आफु हरि निकै नै दुखित भएको जंग बहादुर यादव ले भने । बारा ले आफ्नो एउटा राम्रो अभिभावक गुमाई राखेको  छ भनेर महमद सागिर ले आफ्नो मन्तव्य मा बोलेका थिए ।   
 
प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर को प्रमुख अतिथीय र नेपाल पुर्व प्रहरी संगठन बारा का अध्यक्ष यज्ञानन्द द्विवेदी को अध्यक्षता मा सम्पन्न सो कार्यक्रममा बारा का प्रहरी उपरिक्षक नरेन्द्र उप्रेती, समाज सेवी महमद सागिर , गोपाल सेवा समितिका अध्यक्ष जंग बहादुर यादव , श्री.ने.रा.उच्च. मा. वि ( मदर्सा ) का प्रधानाध्यापक मनोज कुमार साह , अनुसन्धान बाराका एस.पी. उत्तम खनाल लगायतकाको    उपस्थिति रहेको थियो ।