समाचार

बर्षा को कारण बाराका बिभिन्न ठाउँ डुबानमा

अनिल पाण्डेय
कलैया, २० साउन
 
पसाहा खोलाको पानीले कलैया उप महा नगरपालिका वडा नम्बर १४ मा रहेको टोल भावरामा लगभग ४५ वटा घर डुबानमा परेको छ । जसमा ४ वटा घरमा पूर्ण रुपमा क्षति भएको र ३ वटा घरमा आंशिक रुपमा क्षति भएको छ भने अरु त्यहा रहेको घरहरु भत्कने क्रममा रहेको छ ।
 
ने.रा.निम्न.मा.वि. भावरा को पोखरीमा जडान भएको बिधुतिय मोटर मा पूर्ण रुपमा क्षति भएको छ । बासुदेव हजरा दुसाद , मौलादीन मिया अन्सारी , जयराम ठाकुर र जोखन माझि को घरमा पूर्ण रुपमा  क्षति भएको छ । 
 
१५ वटा बंगुर पनि उक्त स्थान बात हरेको पिडित पक्ष्ले बताए । डुबानको अनुगमन गर्न माओवादी केन्द्र कलैया उप महा नगरपालिका का मेयर का उम्मेदवार मुकेश साह पुगेका थिए ।   
 
क्षति भएको स्थानको बिबरण लिई क्षति को पूर्ति दिलाउन आफु  चाडो भन्दा चाडो सम्बन्धित निकायमा पहल गरि क्षति दिलाउने आश्वाशन साह ले दिए । 
आगामी चुनावमा हाम्रो पार्टी बिजयी भयो भने जोखिम मा परेका बाढी पिडितलाई उच्चित व्यवस्था गर्ने साह ले प्रतिबद्धता व्यक्त गरे ।