समाचार

कलैया नगरका मेयर का उम्मेदवार मुकेश साह को जित पक्का छ नगरवासीको भनाई

रमेश साह 
कलैया, २२ साउन 
    
माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं कलैया उप महा नगरपालिका का मेयरका उम्मेदवार मुकेश साह को जित मेयर मा पक्का छ भनेर कलैया का नगरवासी हरु ले भनि राखेका छन । मुकेश साह एउटा युवा नेता हुन् त्यस कारण अब देश को बिकास मा युवा ले नै अग्र स्थान मा भूमिका खेल्ने छन भनेर स्थामीय वासी ले बर्षात खबर लाइ बताए । मेयर नबन्दै मुकेश साह ले कलैयामा धेरै नै बिकास गरेका छन । 
 
जस्तै कलैया नगर मा  सिचाई को सहयोगमा वडा नम्बर २ अवधापुर स्थित कतारवा पोखरामा छठ घाट को निर्माण , कलैया उप नगरपालिकाको सहयोगमा वडा नम्बर ३ भवानीपुर टोलमा छठ घाँट को सिढी निर्माण ,कलैया उप नगरपालिकाको सहयोगमा भावानिपुरमै कालो पत्रे  तथा बाटो ढलान , कलैया उप नगरपालिकाको सहयोगमा वडा नम्बर ९ रामपुरमा सल्सिया मदरसा को सेड निर्माण , कलैया उप नगरपालिकाको सहयोगमा वडा नम्बर ३ बैधनाथपुर टोलमा बाटो ढलान तथा शिव मन्दिरको छत ढलानमा सहयोग ,कलैया उप नगरपालिकाको सहयोगमा वडा नम्बर ८ खपरताता मा धर्मनगर जाने बाटोमा कालो पत्रे लगायत बिभिन्न बिकास को काम मुकेश साह ले गरेका छन ।मुकेश साह जस्तो युवा नेता को यो देशमा धेरै नै आवश्यकता भएको नगरवासी ले भने । सम्पूर्ण युवा हरु लाइ साह लाइ सहयोग गर्नु पर्छ भनेर नगरवासी ले बताए । मुकेश साह को जित सम्पूर्ण नगरवासीको जित हुनेछ भनेर माओवादी केन्द्र को पोलिट ब्युरो सदस्य ज्वाला साह ले बताए  ।