समाचार

हृदयश त्रिपाठीको चेतावनी, ‘चुनाव बहिस्कार गरे राजपा समाप्त हुन्छ ’

राष्ट्रिय जनता पाटी नेपाल (राजपा)का नेता हृदयस त्रिपाठीले सो पार्टीका शीर्ष नेतालाई असोज २ गते हुने स्थानीय तहको निर्वाचन बहिस्कार गरे राजपाको हैसियत समाप्त हुने चेतावनी दिएका छन् । आईतबारबाट काठमाडौमा सुरु भएको राजपा केन्द्रीय समिति बैठकमा बोल्दै नेता त्रिपाठीले राजपाको ‘ओजन’ दुनियाँलाई थाहा भैसकेको भन्दै यस्तो चेतावनी दिएका हुन् । 
 
यसअघिको पदाधिकारी बैठकमा उपस्थित नभएका त्रिपाठीले  केन्द्रीय समिति बैठकमा नेताहरुलाई ‘थ्रेट’ को शैलीमा भने ‘राजपाको हैसियत सवैले बुझिसकेका छन् ।यसको ओजन कति छ त्यो पनि सवैलाई थाहा छ । तपाईहरुको क्षमता छैन भन्ने प्रष्ट भइसकेको छ । बरु, चुनावको तयारीमा लागनुस् त्यो नै भलो हुन्छ ।’
 
 बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेतृत्वप्रति आक्राशित देखिएका त्रिपाठीले १,५र७ नम्बर प्रदेशमा निर्वाचन बहिस्कार गरेर त्यस भेगका जनतालाई धोखा दिएको टिप्पणी पनि गरे । उनले भने ‘त्यसवेला पार्टी नै दर्ता भइसकेको थिएन त्यहि भएर तपाइहरुले बहिष्कार गर्नुभयो, अव २ नम्बर प्रदेशको चुनावमा भने त्यसो नगर्नुस् ।’
 
देश चुनावमय भैसकेको भन्दै नेता त्रिपाठीले निर्वाचन बहिस्कार र विथोल्ने कुरा गर्दा राजपा नेता कार्यकर्ता र समग्र जनताको मनोबल घटने भन्दै पार्टी रहन नसक्ने अवस्थाको मुल्याङकन गर्न नेताहरुलाई सुझाव दिए । उनले स्थानीय चुनाव बहिस्कार गरेपछि त्यसलगत्तै हुने प्रदेशसभा र केन्द्रीय संसदको चुनाव के गर्नुहुन्छ भन्दै प्रश्न गरे । भने ‘अहिले स्थानीय चुनाव बहिस्कार गर्नुहोला,तर प्रदेश र केन्द्रको पनि चुनाव हुदैछ त्यो चुनाव के गर्नुहुन्छ ? त्यो पनि बहिस्कार नै गर्नुभयो भने राजपा पार्टी नै रहँदैन । सम्बोधनका क्रममा उनले निर्वाचन बहिस्कार र विथोल्ने नै हो भने ८० प्रतिशत मत नखस्ने बातावरण सिर्जना गर्न सक्नुपर्ने बताए ।